‎साँफेबगरमा सेबक नेपालले मनायो २६ औं अन्तर्राष्ट्रिय युवा दिवस-Pairabi Khabar


पैरवी खबर

‎साँफेबगर – २६ औं अन्तर्राष्ट्रिय युवा दिवस साँफेबगरमा   मनाईएको छ । “दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार” भन्ने नाराका साथ  सेबक नेपालको सहजीकरण र सेफ गर्ल परियोजानाको अयोजनामा  दिवस मनाइएको हो । दिवस मनाउने क्रममा करिब ४५ देखि ५० जनाको सहभागिता रहेको  थियो, बजार र्याली सहित परिक्रमा ,ग्रुप नृत्य र दिप प्रज्वलन गरि दिवस मनाइएको सेबक नेपालका गणेश कुँवरले जानकारी दिनुभ भयो ।

‎युवा दिवस विभिन्न देशहरूमा फरक-फरक मितिमा फरक उद्देश्यका लागि मनाइन्छ। तर सामान्यतः, युवा दिवस युवाहरूको योगदानको सम्मान गर्ने, उनीहरूमा जागरूकता फैलाउने र सामाजिक विकासमा सक्रिय सहभागिता प्रोत्साहित गर्ने उद्देश्यले मनाइन्छ।

‎नेपालमा राष्ट्रिय युवा दिवस  साउन २७ गते मनाइन्छ।
‎यस दिन सन् २०१० मा पहिलोपटक “युवा नीति” (National Youth Policy) लागू गरिएको थियो। त्यसैको सम्झनामा साउन २७ लाई युवा दिवसको रूपमा मनाइन्छ।