साँफेबगर – अछामको मुख्य बजार साँफेबगर स्थित छिपेखोलामा फालेको फोहर खोलामा आएको बाढीले स्थानीयको घर र खेतमा गए पछि स्थानीय हैरान भएका छन् । छिपेखोलामा फलेको फोहर बाढीसंगै खेतबारीमा गएपछि स्थानीय हैरान भएका हुन् ।
खेतमा अस्पतालबाट उत्पादन हुने फोहोर (सलाईन, सिरिन्ज, पन्जा) र अन्य पसलहरुबाट विभिन्न प्रकारका मदिराका बोतल लगायतका फोहरहरु खेतबारी बगेर आएको रिडिकोटका स्थानीयले बताएका छन् । सिरिन्ज र सिसाका बोतलहरु खेतबारीका गए पछि किसान र आवतजावत गर्ने मानिसलाई जोखिम बढेको छ । छिपेखोला आसपासमा पनि अव्यवस्थित रुपमा फोहर फालिएको छ । यसको ब्यवस्थापनका लागि स्थानीय सरकार र बजार समितिले ध्यान दिन जरुरी छ ।


