साँफेबगर ।
”स्थानीय स्रोतको उपभोग स्वामित्व र सहभागिता ,
पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारा सहित पूर्ण खोप सुनिश्चितता तथा दिगोपनका लागि पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम चौरपाटी गाउँपालिका ७ मार्कुमा सम्पन्न भएको छ ।

स्वास्थ्य चौकी मार्कुका अध्यक्ष एवं वडा अध्यक्ष ललित बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा मार्कुमा बच्चा जन्मे देखि ५९ महिना सम्मका बालबालिकाले १५ महिना भित्र लगाउनु पर्ने सम्पूर्ण खोप लगाइएको साथै कोहि पनि बालबालिका खोप लगाउन बाट छुट नभएकोले यस वडा लाई पूर्ण खोप सुनिश्चितता वडा भएको भनि पालिका खोप समिति समक्ष जानकारी गराउने निर्णय गरिएको छ।
साथै यस वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गर्ने अभियानमा कर्मठ इमानदारीतापूर्वक जिम्मेवारी पूरा गर्नुहुने अहेव सुनिल बस्नेत , अनमी शोभा पौडेल , पार्वती बुढा , र वडाका ९ वटै टोलका स्वास्थ्य स्वयंसेविकाहरुलाई खादा र सम्मान पत्र सहित सम्मान गरिने वडाध्यक्ष ललित बहादुर बोगटीले जानकारी दिनुभएको छ ।
यस पूर्ण खोप सुनिश्चितता तथा दिगोपनका लागि पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख मुकेश विक , कार्यपालिका सदस्य भक्त्ते कामी , वडा सदस्य विरेन्द्र बहादुर बोगटी , सेतु देवी बोगटी , विमला विक लगाएत अन्य वडा स्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


