एकेन्द्र महता
निर्माण व्यवस्थापन सम्बन्धी २ दिने तालिम साँफेबगरमा सुरु भएको छ। नेपाल निमार्ण व्यवसायिक संघ अछामको अयोजनामा दुई दिने तालिम सञ्चालन गरिएको हो।
निमार्ण व्यवसायिक संघ अछामका अध्यक्ष दिर्घ बहादुर ठकुल्लाको अध्यक्षतामा सञ्चालन भएको तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो भने विशिष्ट अतिथि जिल्ला समन्वय समिति अछामका सदस्य तथा निमार्ण व्यवसायिक सघंका सदस्य नरेन्द्र बहादुर कुँवर रहनु भएको थियो।

प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कुँवरले विभिन्न समस्याका कारणले जिल्लाका व्यवसायीहरु अफ्ट्यारो अवस्थामा रहेका बताउनु भयो। निमार्ण व्यवसायिक सघंका समस्यालाई समाधान गर्नको लागि एक आपसमा समजदारी गर्न जरुरी रहको उहाँको भनाई रहको छ।
नगरपालिकामा निमार्ण व्यवसायीले कामदारको रकम भुक्तानी नगरेको भन्दै २ वटा उजुरी दर्ता भएको जनाकारी गराउनु भएको छ। साथै उहाँले पछिल्लो समय अछामको निमार्ण व्यवसायी धरासाही भएको अवस्थामा रहेको बताउदै यसलाई चलायमान बनाउनको लागि सबैले आ–आफनो ठाउँबाट मर्यादित रुपमा लाग्न आग्रह गर्नु भएको छ।
निमार्ण व्यवसायीलाई आफुले गर्ने सहयोगमा पुर्ण प्रतिवद्ध रहेको बताउनु भयो। 
यस्तै जिल्ला समन्वय समिति अछामका सदस्य तथा निमार्ण व्यवसायिक सघंका सदस्य नरेन्द्र बहादुर कुँवरले शुभकामना मन्तव्य राख्नु भएको थियो।
दुई दिने तालिममा ४० जना व्यवसायी सहभागी छन् भने तालिमको प्रशिक्षण निमार्ण व्यवसायी महासंघका निर्देशक निर्मल अर्याल र तालिम प्रशिक्षक केशव राज आचार्यले गरिरहनु भएको छ। उद्धघाटन कार्यक्रममा साँफेबगर नगरपालिका वडा ७ का वडा अध्यक्ष हिक्मत कडायत,विभिन्न पाटीका प्रमुख तथा प्रतिनिधि,एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर कुँवर,पत्रकार लगाएतको सहभागिता रहको थियो ।कार्यक्रमको सञ्चाल निमार्ण व्यवसायिक संघ अछामका महासचिव गौतम कुँवरले गर्नु भएको थियो।


