साँफेबगर – साँफेबगर नगरपालिका विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका विभिन्न विद्यालयहरुको अनुगमन गरिएको छ ।
यहि १८ गते बुढाकोट र पातलकोटका विभिन्न विद्यालयहरु बाट सुरु गरिएको विद्यालय अनुगमन २२ गते विहिबार साँफेबगर नगरपालिका- ४ मष्टामाण्डौको जनकल्याण मावि र हिमालय मावि खाल्सैनमा अनुगमन गरिएको छ ।
विद्यालय अनुगमनका क्रममा विद्यालयको शैक्षिक अवस्था र विद्यालय प्रशासन , भौतिक संरचना तथा विद्यालयको वर्तमान अवस्था बारे अनुगमन गरिननुका साथै विद्यालयमा शिक्षक विद्यार्थी उपस्थिति , सेनिटरी प्याड वितरण तथा व्यवस्थापन , खानेपानी तथा सरसफाइ , दिवाखाजा व्यवस्थापन , लगायत विविध पक्षहरुको अनुगमन गरिएको थियो ।

अनुगमनमा साँफेबगर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा विद्यालय अनुगमन कार्यदल संयोजक जनक कडायत , नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक झंकर खनाल , पत्रकार एकेन्द्र महता र रमेश परियारको सहभागिता रहेको थियो ।


