एमाले लुंग्राको वडा कमिटी मातृभूमि जागरण अभियानमा समाहित


पैरवी खबर

साँफेबगर – नेकपा एमाले चौरपाटी गाउँपालिका ५ लुंग्राको वडा कमिटी मातृभूमि जागरण अभियानमा समाहित भएको छ।
एमाले वडा कमिटीको आइतबार बसेको भेलाले पुरै वडा कमिटी भीम रावलले नेतृत्व गरेको मातृभूमि जागरण अभियानमा समाहित हुने निर्णय गरेको हो।

साथै भेलाले भक्त बहादुर खड्काको संयोजकत्वमा मातृभूमि जागरण अभियानको वडा स्तरीय तदर्थ समिति पनि गठन गरिएको रतन रावलले जानकारी दिनुभयो ।