साँफेबगर – “राष्ट्रिय स्वाधीनता , स्वाभिमान र समृद्धिको झण्डा उठाऔं , मनपरीतन्त्र ,कुशासन भ्रष्टाचार, विकृतिका विरुद्ध जुटौं ” भन्ने मुल नाराका साथ थालिएको मातृभुमि जागरण अभियान नेपाल साँफेबगर अछामको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।
अभियानको सम्पर्क कार्यालय उदघाटन कार्यक्रममा मातृभुमि जागरण अभियान नेपालका प्रस्तावक डा . भिम रावलले प्रमुख अतिथिको आसन बाट बोल्दै :उहाँले देश विकास र समृद्धिको बाटोमा जाला भनेर गरिएको मेहनत र पसिना खेर गएको बताउँदै ।सर्बहारा नेपाली जनताको इच्छा चाहनालाई केपी ओलीले बुटले कुल्चेर सिध्याउनु भएको बताउनु भयो ।
सबैलाई उज्यालो र न्यानो देला भनेर बोकेको सुर्यमा आज दाग लागेर कालो बादलले ढाकिसकेको पनि बताउनु भयो । अब आफ्नो हक अधिकार र देश विकास , समृद्धि खोज्ने हो भने मातृभुमी जागरण अभियानमा आउन सबैलाई आव्हान गर्नुभएको छ ।


