साँफेबगर – मातृभुमि जागरण अभियान नेपालको वडा भेला साँफेबगर नगरपालिका १ बैजनाथमा सम्पन्न भएको छ ।
भेलाबाट जगत भुलको संयोजकत्वमा ९ सदस्यीय तदर्थ वडा समिति गठन गरिएको छ ।
जगत भुलको अध्यक्षता भएको वडा भेलामा मातृभुमी जागरण अभियान नेपालका संयोजक डा .भिम रावल प्रमुख अतिथि रहनुभएको थियो ।
भेलामा अभियानका गोविन्द कुँवर , रुपबहादुर शाही लगायतको सहभागिता रहेको रतन रावलले जानकारी दिनुभयो ।


