आजको मौसम : सुदूरपश्चिम प्रदेशमा वर्षा


पैरवी खबर

अहिले बिहान गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

धनगढी । नेपालमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले बिहान गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । सुदूरपश्चिममा अहिले हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने महाशाखाले जनाएकाे छ । 

देशका केही स्थानहरुमा मेघ गर्जन रचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जनर चट्याङ्ग तथा  हावा-हुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।