वाक नेपालको अध्यक्षमा कुँवर


पैरवी खबर

अछाम – वाक नेपाल अछामको नयाँ नेतृत्व चयन भएको छ । मङ्गलवार साँफेबगरमा सम्पन्न २७ औँ वार्षिक साधारण सभाले मीन बहादुर कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

वाक नेपालका संस्थापक कुँवरको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा अप्सरा कुँवर, महासचिवमा सुशीला बोगटी, सचिवमा सुरत खड्का र कोषाध्यक्षमा छत्रमान ताम्राकार रहेका छन् ।

संस्थाको सदस्यमा निवर्तमान अध्यक्ष बलबहादुर के सी र ममिन मिया रहेका छन् ।

साँफेबगरमा सम्पन्न साधारण सभाले सर्वसहमतीका साथ नयाँ कार्यसमिति चयन संस्थाका परियोजना संयोजक शिवराज ढुङ्गानाले बताए  ।