अनेरास्ववियु (क्रान्तिकारी ) अछामको अध्यक्षमा साउद


पैरवी खबर

अछाम – भ्रस्टाचारका विरुद्ध र समाजवादी शिक्षा प्राप्तिका निम्ति हाम्रो आन्दोलन , सुदृढ संगठन निर्माणका लागि १५ औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) अछामको १५ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
१५ औ जिल्ला सम्मेलनको अधिवेशनबाट पंकज बहादुर साउदको अध्यक्षतामा अनेरास्ववियु (क्रान्तिकारी )अछामको पदाधिकारी लगायत ३५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।
जसको उपाध्यक्षमा रविन्द्र साउद ,टंक नेपाली , गिता विक , सचिव बम रावल , सह सचिव मनोज भुल, सरिता बुढा , सुरेश देवकोटा ,कर्ण नेपाली कोषाध्यक्ष लक्ष्मी कुमारी उपाध्याय र अन्य सदस्यहरु रहेका छन ।