अनेरास्ववियु क्रान्तिकारी अछामको १५ औं जिल्ला सम्मेलन जारी


पैरवी खबर

अछाम – भ्रस्टाचारका विरुद्ध र समाजवादी शिक्षा प्राप्तिका निम्ति हाम्रो आन्दोलन , सुदृढ संगठन निर्माणका लागि १५ औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी अछामको १५ औं जिल्ला सम्मेलन सुरु भएको छ ।
क्रान्तिकारी संगठनका अध्यक्ष लालबहादुर साउदको अध्यक्षता भएको जिल्ला सम्मेलनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष मदनकुमार भुल रोशन प्रमुख अतिथि रहनुभएको छ भने नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष एवं आर्थिक मामिला , जलस्रोत तथा शहरी विकास मन्त्री अक्कल रावल विशिस्ट अतिथि रहनुभएको छ ।
सम्मेलनमा माओवादी केन्द्र जिल्ला पार्टी सचिव उदय बिष्ट , पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य राम बहादुर थापा , विद्यार्थी संगठनका केन्द्रिय उप महासचिव गम्भीर सिंह साउद, प्रदेश कमिटी उपाध्यक्ष बैजन्ती कुवर, संगठनका सचिवालय सदस्य मीन बाब्ली , संगठनका केन्द्रिय सदस्य एव, अछाम जिल्ला इन्चार्ज धुर्ब रावल , अतिथि रहनुभएको छ ।
जिल्ला स्थित पार्टीका विभिन्न भातृ संघ संगठनका प्रमुख तथा प्रतिनिधि र जिल्ला कमिटी सदस्यहरुको सहभागिता रहेको छ ।
केहि समय पछि जिल्ला सम्मेलनको बन्दशत्र चल्ने छ ।