भदौ २२ गते गणेश भगवानको मुर्ति स्थापना गरि असोज १ गते मेला लाग्ने


पैरवी खबर

साँफेबगर – सदाका बर्ष झै मनाइने गणेश मेला यतिबेला पनि भब्यताका साथ मनाइने भएको छ ।
भदौ २२ गते गणेश भगवानको मुर्ति स्थापना गरि असोज १ गते मेला लाग्ने भएको हो ।
एयरपोर्ट बजार ब्यवस्थापन समिति साँफेबगर अछामको आयोजनामा आउँदो असोज १ गते मनाइने गणेश मेलाको तयारीका लागि आज आम भेलाको आयोजना गर्दै विभिन्न समितिहरु गठन गरिएका छन ।
बजार समितिका अध्यक्ष रामबहादुर कुँवरको अध्यक्षतामा गणेश मेला मुल आयोजनक समिति गठन गरिएको छ ।
साँफेबगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिक्मत बहादुर कडायतको संयोजकत्वमा डन्डिया खेल उपसमिति , नैनसिंह कुवरको संयोजकत्वमा पुजा उप समिति , पशुपति कुँवरको संयोजकत्वमा ओम शान्ति प्रवचन उपसमिति , भक्त कुँवरको संयोजकत्वमा आर्थिक उपसमिति , सुरत बहादुर कुँवरको संयोजकत्वमा न्याउले खेल उपसमिति , रमेश परियारको संयोजकत्वमा प्रचारप्रसार उप समिति , जितेन्द्र कुँवरको संयोजकत्वमा स्वयंसेवक उप समिति गठन गरिएका छन ।
भेलामा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर प्रमुख अतिथि , नगर उप प्रमुख शिव बहादुर कुँवर , विशिस्ट अतिथि रहनुभएको थियो ।
साँफेबगर नगरपालिका वडा नम्बर २,४,५,९,१० र १२ का वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

गणेश मेलालाई मर्यादित रुपमा सम्पन्न गर्न गणेश मेला मुल आयोजक समिति र विभिन्न उपसमितिहरुको बैठक बसि बेलाबेला आवश्यक छलफल गरिने बताइएको छ ।