साँफेबगर नगरपालिका स्तरीय बाल अधिकार समितिको बैठक सम्पन्न


पैरवी खबर

साँफेबगर – साँफेबगर नगरपालिका स्तरीय बाल अधिकार समितिको बैठक सम्पन्न भएको छ ।

साँफेबगर नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा वडा नम्बर ३ सिद्धेश्वरका अध्यक्ष श्री कुल बहादुर कुँवरको अध्यक्षतामा भएको बैठकमा विभिन्न विषय माथि छलफल गरिएको छ ।

साँफेबगर नगरपालिकाका १ देखि १४ नम्बर वडामा भाद्र १० गते भित्र बाल अधिकार समिति पुन:गठन गरि काम ,कर्तव्य र अधिकार बारे १ दिने अभिमुखिकरण गर्ने,
बाल मैत्री स्थानीय शासन घोषणा गर्न पालिकाका सम्पूर्ण वार्ड मा समिति गठन गर्ने,
अभिमुखिकरणका लागि आस्था नेपाल सङ्ग समन्वय र सहकार्य गर्ने, बालबालिकाको क्षेत्रमा छुट्ट्याएको रकम कार्यान्वयनमा जोड दिने लगायतका विषयमा छलफल गरिएको थियो ।
बैठकमा सम्पुर्ण समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनिता जोशीले संचालन गर्नुभएको बैठकको सहजीकरण आस्था नेपाल बाल संरक्षण अधिकृत भ्वानसिंह सार्कीले गर्नुभएको थियो ।