विनायक र तुर्माखाँदमा बाढी पहिरो नमुना कृतिम अभ्यास सम्पन्न


पैरवी खबर

अछाम – MOFA जापानको आर्थिक सहयोग , वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र वाक नेपालको संयुक्त्त साँझेदारीमा संचालित विपद जोखिम न्यूनीकरण परियोजना अन्तर्गत बाढी पहिरो नमुना कृतिम अभ्यास सम्पन्न भएको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ०५ लयाटी , ०९ कालेकाँडा , तुर्माखाद गाउँपालिका वडा नम्बर ०१ रहफ , ०२ भुलु , ०३ भैरवस्थान , ०६ रानिवनमा र कर्णाली समुदायमा बाढी पहिरो नमुना कृतिम अभ्यास सम्पन्न भएको हो ।
पालिकाका कार्यवाहक अध्यक्ष , वडाका वडा अध्यक्षहरु , पालिकाका विभिन्न शाखाका प्रतिनिधिहरु , विपद शाखाका प्रमुख , विभिन्न विद्यालयका बालबालिका र समुदाय स्तरका सरोकारवालाहरुको सहभागितामा उक्त कृतिम अभ्यास सम्पन्न भएको हो ।

समुदाय स्तरमा विपद जोखी न्यूनीकरण गर्न , समुदायलाई विपद आइपरेको बेला कसरी उद्दार गर्ने , बाढी पहिरोबाट कसरी जोगिने र यस्तो बेला पालिका र वार्डसंग कसरी समन्वय गर्ने , पालिका कलस्टरलाई कसरी सक्रिय गराउने , जलवायु उत्थानशिल योजनाको परिक्षण गर्ने ,विपदको बेला समुदाय स्तरका लाई कसरी सचेत गराउने भन्ने विसयमा
नमुना कृतिम अभ्यास सम्पन्न भएको थियो ।

यो बर्खाको समयमा विपद जोखिम न्यूनीकरण सम्बन्धि यस्ता खालका क्रियाकलापहरु गरेर समुदायलाई जोखिम हुनबाट जोगाउने उद्देश्यले यी क्रियाकलापहरु गर्न लागिएको CBDRR Project का सब इन्जिनियर विरेन्द्र सुनारले जानकारी दिनुभयो ।