राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा कैलालीको अध्यक्षमा हिक्मत भुल


पैरवी खबर

अछाम – राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा कैलालीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
दोस्रो जिल्ला अधिवेशनको बन्दसत्रबाट हिक्मत भुलको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा उषा किरण ज्योति , सचिव रन्जना विसी, कोषाध्यक्ष कविता सार्की , सदस्य सुरेश भुल लगायत अन्य सदस्यहरु रहेका छन ।
अधिवेशनमा नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव हेमकर्ण विक प्रमुख अतिथि , राष्ट्रिय दलित पत्रकार संघ नेपाल केन्द्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज करन ताम्राकार विशिस्ट अतिथि रहनुभएको थियो ।
नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष हरिश विक, क्रियाशिल पत्रकार संघ केन्द्रिय सचिव धर्म विक , नेपाल बौद्ध अम्बेडकर महासंघ केन्द्रिय अध्यक्ष मनोज जैगढी , इन्सेकका प्रतिनिधि कृष्ण विक, राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिका सुनिता विक , निराजन परियार , विवेक नागरी, पत्रकार सुरेन्द्र ताम्राकार , धन बहादुर विक अतिथि रहनुभएको थियो , धनगढी स्थित अन्य पत्रकारहरुको समेत अधिवेशनमा सहभागिता रहेको थियो ।