साँफेबगर -४ मष्टामाण्डौमा वडा स्तरीय दलित संजाल गठन


पैरवी खबर

साँफेबगर- वडा स्तरीय दलित संजाल साँफेबगर नगरपालिका वडा नम्बर ०४ मस्टामाण्डौको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनको बन्दसत्रबाट गिता लुहारको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
जसको उपाध्यक्षमा पवन टमट्टा , सचिव संगीता लुहार, कोषाध्यक्ष डिल्ली सिंह भुल , सदस्य रुप भुल लगायत अन्य सदस्यहरु रहेका छन ।

वडा स्तरीय दलित संजालका अध्यक्ष जानकी लुहारको अध्यक्षतामा भएको अधिवेशनमा वडा अध्यक्ष नवराज बुढा , साँफेबगर नगरपालिका कार्यपालिका सदस्य विनोद भुल , दलित नगर संजाल साफेबगरका अध्यक्ष गणेश तिरुवा अतिथि रहनुभएको थियो ।

साथै वडाका अन्य जनप्रतिनिधि र दलित अगुवाहरुको सहभागिता रहेको थियो ।