आँखा शिविरको पहिलो दिन ५६७ जनाले सेवा लिए


पैरवी खबर

अछाम – नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल कैलालीको आयोजनामा यहीँ जेठ २१ गतेदेखि बयालपाटा अस्पतालमा नि :शुल्क आँखा शिविर संचालन भइरहेको छ ।
शिविरको पहिलो दिन आँखा जाच पुरुष – २९४ , महिला २१० गरि जम्मा ५०४ आँखाका विरामीहरुको आँखा जाच गरिएको छ भने पुरुष -३४ र महिला -२९ गरि जम्मा ६३ जनाको आँखाको शल्यक्रिया गरिएको शिविर संयोजक नरेन्द्र राज विष्टले जानकारी दिनुभयो ।
शिविरमा मोतिविन्दु लगायत आँखाका रोगीहरुलाई औषधि उपचार तथा चस्माको आवश्यकता भएकाहरुलाई विशेष छुटमा चस्मा उपलब्ध गराइएको छ । नि :शुल्क आँखाको शल्यक्रिया समेत शिविरमा भइरहेको छ ।