जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस साँफेबगरमा मनाइयो


पैरवी खबर

२१ जेठ २०८१
साँफेबगर – जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस भब्य रुपमा मनाइएको छ ।
साँफेबगर नगरपालिकाको सहयोग र दलित नगर संजाल साँफेबगरको आयोजनामा दिवस मनाइएको हो ।
नगर दलित संजालका अध्यक्ष गणेश तिरुवाको अध्यक्षतामा भएको कार्यक्रममा साँफेबगर नगरपालिकाका प्रवक्ता मक्कर बहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो । नेपाली कांग्रेसबाट सुरत बहादुर कुँवर र एमालेबाट ललित रैगाइले प्रतिनिधित्व गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि , दलित अधिकारकर्मी वडा दलित संजालका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।
दलितको हक अधिकार , दलित समुदायको बर्तमान अवस्था र कानुनी प्रावधान बारे वक्ताहरुले बोलेका थिए ।

विसं २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो ।
सोही दिनको स्मरणमा २०६८ सालदेखि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिएको छ ।

संविधानको यही मर्मलाई आत्मसात् गर्दै जातीय विभेद र छुवाछुतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायको कानुनी व्यवस्था समेत गरिएको छ ।
नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद अझै हट्न सकेको छैन ।