जाल्पादेवीमा वडा स्तरीय दलित संजाल गठन


पैरवी खबर

साँफेबगर – साँफेबगर नगरपालिका वडा नम्बर ०२ जाल्पादेवीमा वडा स्तरीय दलित संजाल गठन गरिएको छ ।
साँफेबगर नगरपालिकाको आर्थिक सहयोग , राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखाको सहकार्य तथा दलित नगर संजाल साँफेबगर र ०२ नम्बर वडा कार्यालय जाल्पादेवीको आयोजनामा संजाल गठन गरिएको हो ।

जयन्द्र बाब्लीको अध्यक्षतामा गठन भएको ११ सदस्यीय दलित संजालका उपाध्यक्ष गङ्गा भुल , सचिव प्रेम लुहार , कोषाध्यक्ष कमला विक , सदस्य करि भुल लगायत अन्य सदस्यहरु रहेका छन ।

०२ नम्बर वडा जाल्पादेवीका कार्यवाहक वडा अध्यक्ष मीन बहादुर कुवरको अध्यक्षतामा भएको दलित संजाल गठनकालागि वडा स्तरीय भेला अर्थात आजको कार्यक्रममा साँफेबगर नगरपालिका कार्यपालिका सदस्य विनोद भुल , अनिल रैगाइ ,वडा सदस्य हस बहादुर कुवर, सरिता लुहार, दलित नगर संजाल साँफेबगरका सदस्य तुले भुल , राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा अछामका अध्यक्ष रमेश परियार, त्रिपूरा सुन्दरी माविका लेखापाल रमेश सुनार अतिथि रहनुभएको थियो ।

भेलामा वडा स्थित दलित अगुवाहरुको समेत सहभागिता रहेको थियो ।