नेकपा एमाले मार्कुको दोस्रो वडा अधिवेशन सम्पन्न


पैरवी खबर

साँफेबगर – नेपाल कम्युनिष्ट पार्टी एमाले चौरपाटी गाउँपालिका वडा कमिटी मार्कुको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।
वडा कमिटी अध्यक्ष ललित बहादुर बोगटीको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा एमाले प्रदेश सल्लाहकार सदस्य सुशीला बोगटी प्रमुख अतिथि रहनु भएको थियो ।
जिल्ला सचिवालय सदस्य राम बहादुर आउजी विशिस्ट अतिथि रहनु भएको कार्यक्रममा प्रदेश संगठन विभाग सदस्य चेतमान बोगटी , मोहन बोगटी , पूर्व जिल्ला कमिटी सदस्य भजन सिंह बोगटी , जिल्ला सल्लाहकार सदस्य सुरथ बहादुर बोगटी , चौरपाटी गाउँपालिका संगठन कमिटी उपाध्यक्ष प्रेम खड्का ,चौरपाटी गाउँपालिका युवा संघ अध्यक्ष धन बहादुर बोगटी अतिथि रहनु भएको थियोे ।
अधिवेशनमा पालिका स्तरका नेता , पार्टीका विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधि , लगायत अन्य कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

अधिवेशनको बन्दसत्रबाट सुरथ बहादुर बोगटीको अध्यक्षतामा ११ सदस्यीय नयाँ वडा कमिटी गठन गरिएको छ । जस्को उपाध्यक्षमा सेतु देवी बोगटी , सचिव राम बहादुर मयाल्ती , सह सचिव निशा खड्का बोगटी , नृप बहादुर बोगटी , सदस्य विमला विक लगायत अन्य सदस्यहरु रहेका छन ।

अधिवेशनको संचालन वडा कमिटी सदस्य विरेन्द्र बहादुर बोगटीले गर्नुभएको थियो ।