कमलबजार दलित एकता समाजको १० नं. वडा घोडासैनमा वडा समिति विस्तार


पैरवी खबर

कमलबजार- कमलबजार दलित एकता समाजको कमलबजार नगरपालिका १० नं वडा घोडासैनमा वडा समिति विस्तार गरिएको छ । भिम नेपालीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा दल बहादुर विक, सचिवमा जमन भुल, कोषाध्यक्षमा देवसरा विक सदस्यमा उर्मिला भुल, राम बहादुर बिक, करे कामी, नन्ना दमाई , मैसरा देवी बिक,टेक लुहार,जोगी जिक , देवे वड,र मिना नेपाली सर्वसम्मत चयन भएका छन ।
वडा समितिका अध्यक्ष धन बहादुर कामीको अध्यक्षतामा भएको कार्यक्रम दलित नेता नयाँ राम कामी प्रमुख अथिती रहनु भएको थियोे । कार्यक्रमको विशिष्ट अतिथिमा कमलबजार नगरपालिकाका कार्यपालिकाकाका सदस्य गोविन्द सुनार , कमलबजार दलित एकता समाजका अध्यक्ष मिलन नेपाली र अन्य पदाधिकारी अतिथि रहेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले राज्यले आफ्नो हक अधिकार प्राप्तिका लागि आफै सक्रिय हुनुपर्ने र शिक्षामा लगानी गर्नुपर्नेमा जोड थियो । साथै स्थानीय सरकार संग समितिले सहकार्य गरेर अगाडि बढ्नुपर्ने भनाई थियोे । कार्यक्रमको सञ्चालन कमलबजार दलित एकता समाजका सचिव हिक्मत नेपालीले गर्नु भएको थियोे ।