सा.न .पा -११ देवीस्थानको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न ।


पैरवी खबर

अछाम :साँफेबगर नगरपालिका वडा नं ११ देवीस्थान काे आ .व. २०७७/०७८ काे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।वडा अध्यक्ष गणेेश बहादुर खड्का को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति ,ने क पा एमाले जिल्ला कमिटी सदस्य कुल बहादुर विष्ट, नेपाली काँग्रेस क्षेत्रिय कार्य समिति सदस्य ध्रुव खड्का बिशिस्ट अतिथि रहनु भएको कार्यक्रममा वडा स्थित अन्य सरोकारवालाहरुको पनि उपस्तिथि रहेको थियो ।कार्यक्रममा वडा बाट बिनियाेजित रकम रु. ४५ लाख नगर तथा प्रदेश सरकार बाट बिनियाेजित रकम रू १,४६,८५,०००/- गरि जम्मा १,९१,८५,०००/- काे खर्च रकम बारे आर्थिक प्रतिबेदन प्रस्तुत गरिएकाे थियाे।
वडा कार्यालयमा अा व २०७७/०७८ मा जम्मा रु. ५०,४१५ राजस्व रकम संकलन भएको छ । सार्बजनिक सुनुवाइ कार्यक्रमको संचालन वडा सचिब ध्रुब बि. क .ले गर्नुभएको थियो ।