कृष्ण बिष्ट
भदौ ८ गते बैतडी,
बैतडीमा एक आमाबाट आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरिएको छ । डिलाशैनी गाउँपालिका ७ ढाँडकी ३५ बर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले स्वयमसेविका समेत रहेकी माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
गाउँकै १७ वर्षीय किशोर सँग अबैध सम्बन्धबाट शिशु जन्माएको र जन्मनासाथ बारीमा लगेर घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिनुभयो । “देवकीका श्रीमान बिदेशमा रहेछन्, गाँउकै एक किशोरसँगको अबैध सम्बन्धबाट शिशुलाई जन्माएकी रहिछन् ।” अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक शाहीले भन्नुभयो, “अबैध सम्बन्धपछि शिशुको जन्मपछि किशोरकै जिम्मा लगाउने कुरा पनि भएको रहेछ । अनुसनधनपछि सबै खुल्छ ।”
माधवीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरी निरिक्षक शाहीले बताउनुभयो ।