मेल्लेखमा बाेहराकाे स्मृतिमा स्मृति प्रतिक्षालय निर्माण गरिने


पैरवी खबर

पैरवी सम्वादाता:अछाम मेल्लेख गाउ पालिका वडा नम्बर ५ का दिवंगत वडा अध्यक्ष रामवहादुर बाेहराकाे स्मृतिमा स्मृति प्रतिक्षालय निर्माण गरिने भएकाे छ । मेल्लेख गाउपालिका वडा नम्बर ५ विन्देवासिनी वडा अध्यक्ष रहेका वाेहराकाे स्मृतिमा मेल्लेख वजारमा प्रतिक्षालय निर्माणकाे लागि अाज छलफल र समिति गठन गरिएकाे छ ।

साे समितिले प्रतिक्षालय निर्माण काे अावश्यक काम थालनि गर्ने जनाएको छ। दिवंगत वडा अध्यक्ष वाेहराकाे वडिमालिमा दर्शन गर्न जानेवलाेमा बडिमालिका क्षेत्रमा लेक लागेर मृत्यु भएकाे थियाे ।
मेल्लेख गाउपालिकामा अाज बिर बहादुर वाेहराकाे अध्यक्ष्ातामा भएकाे छलफलमा कांग्रेस अछामका काेषाध्यक्ष झंकर साउद, मेल्लेख गापा उपाध्यक्ष धनवहादुर शाही, कांग्रेस मेल्लेख संयाेजक पदम खड्का नेपाली कांग्रेस मेल्लेख गाउकार्य समितिका सबै वडा सभापति लगाएतकाे उपस्थित रहेकाे थियाे ।

अाजभएकाे छलफलले रा स्मृति युवा कल्वकाे गठन समेत गरेकाे छ । जसकाे अध्यक्ष सागर वाेहरा, उपाध्यक्ष खेमराज साउद सचिव गाेकुल वाेहरा काेषाध्यक्षमा हेमराज रावललाई चयन गरेकाे छ । छलफलकाे सञ्चालन गाैतम साउदले गरेका थिए ।