रैकवार खबर राष्ट्रिय दैनिक तेस्रो वर्षमा प्रवेश


पैरवी खबर

रैकवार खबर राष्ट्रिय दैनिक तेस्रो वर्षमा

धनबहादुर बिक
कैलाली भदौ १, सुदूरपश्चिम को कैलाली बाट नियमित प्रकाशन गरि छोटो समयमा छुट्टै पहिचान बनाउन सफल रैकवार खबर दैनिक पत्रिकाले अाज तेस्रो वार्षिकी मनाएको छ ।
सुदूरपश्चिम प्रदेशको आर्थिक, कृषि, शैक्षिक, पर्यटकीय तथा जातीय विभेद लगायतका मुद्धाहरुमा केन्द्रीत भई छोटो समयमा पाठक वर्गको आर्कषण बन्दै निरन्तर प्रकाशन हुँदै आएको रैकवार खबर दैनिक ले आफ्नो २ वर्ष पुरा गरी तेश्रो वर्षमा प्रवेश गरेको हो ।
दुई वर्ष अघि भाद्र १ गते अाजकै दिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर बाट बिधिवत दर्ता भई नियमित प्रकाशन मा आएको रैकवार खबर दैनिकले छोटो समयमै पाठमवर्ग बिच लोकप्रिय हुँदै आएको शुभचिन्तक वर्गले टिप्पणी गरेका छन ।

वार्षिकि कार्यक्रम बृहत ढङ्गबाट मनाउने योजना रहे पनि बिस्वमा फैलिएको कोरोना का कारण सामान्य ढंगले मनाउनु परेको रैकवार खबर राष्ट्रिय दैनिकका प्रधान सम्पादक पदम सुनारले बताए ।
धनगढी उपमहानगरपालिका स्थित एल एन चोकमा रहेको अाफ्नै कार्यालय मा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी को मुख्य अातिथ्यमा रैकवार खबर दैनिक का प्रकाशक लालबहादुर चौधरी प्रधान सम्पादक पदम सुनार, कार्यकारी सम्पादक धनबहादुर बिस्वकर्मा , सम्पादक बबिता भट्ट , बजार प्रतिनिधि लगायतको सहभागितामा वार्षिकोत्सब मनाईएको थियो ।
सो अवसरमा महासंघ अध्यक्ष जोशीले पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी यात्रा अझैं जनताहरुका साझा सवालमा केन्द्रीत भई निष्पक्ष स्वतन्त्र रुपमा आफ्नो कलम चलाउन सफल होस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो ।