लालबहादुर चदारा, अछाम : वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारिमा संचालित कोभीड प्रतिकार्य सबलिकरण पतियोजना अन्तर्गत स्वास्थ्य कार्यलय अछाम संगको समन्वयमा श्रावण ३१ र ३२ गते संचालन हुने कोभिड बिरुद्धको खोप अभियानमा खोप केन्द्रहरुलाइ ब्यबस्थित गर्न पन्चदेवल बिनायक नगरपालिका र मेल्लेख गाउपालिकाको स्वास्थ्य शाखाहरुलाइ खोप केन्द्र ब्याबस्थापनका लागि आवस्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरेकाे छ।
जसमा प्रती पालिका २ वटा त्रिपाल ,२ वटा वाटर फिल्टर ,एउटा टेबुल ,१५ वटा कुर्सी र ४ जना स्वयंसेवकको लागि आवस्यक पर्ने रकम सहयोग गरिएको छ।
प्रती पालिका कुल २१,४५५ बराबरको सामान हस्तान्तरण गरिएको छ।सो सामाग्री हस्तान्तरण कार्यक्रममा NRL TP परियोजनाका सयोजक दिलिप बहादुर बोहरा ,प्रशासन तथा खरिद ब्यावस्थापन अधिकृत अनुजा श्रेष्ठ जिबिकोपार्जन अधिकृत धिराज ढुंगाना र आशिष उपाध्याय ,सामजिक परिचालक रमेश भुल,कबिता साउद र सृजना अधिकारीको लगायतको सहभागीता रहेको थियो