दिनेश बाब्ली – बरिस्ठ सम्बादाता
२७ श्रावण २०७८
दिल्लीकाे छत्तरपुरमा अछाम जिल्ला साँफेबगर न.पा. वडा न. १२ खप्तडका बर्ष २७ का राजेन्द्र रावलकाे आफैले काम गर्ने बिल्डिङ्गको भुइतलाको चर्पिमा फाँसी लगाई झुन्डेको अवस्थामा शव फेला परेको छ । जुलाई ८ अर्थात साउन २४ गतेबाट सम्पर्क बिहिन रहनुभएका रावलको शव दुई दिन पछि सोही बिल्डिङ्गमा काम गर्ने एक जना ब्यक्तिले ऊनी काम गर्ने अपार्ट्मेन्ट्को ग्राउन्ड फ्लोर को शौचालयमा मृत अवस्थामा भेटाएका हुन।
मृतक रावलको शब प्रहरिको नियन्त्रणमा रहेको र आफन्तहरुले घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या हुन सक्ने आसङ्का गरि शवको पोस्टमाटम हुनुपर्ने भनी प्रहरी चौकी घेराउ गरेका छ ।
घटनाको सत्य तथ्य छानबिन गरि हत्यारालाई कानुनी दायरामा ल्याउन तुका मा बि का प्र.अ. हस्त बहादुर कडायत को पहलमा एमाले उपाध्यक्ष डा.भिम रावलले भारतीय राजदुतावासलाई ध्यानाकर्षण गराउनु भएको छ । राजेन्द्र रावलले शव अहिले दिल्लीको सप्तजङ्ग अस्पतालमा रहेको छ ।