दलित सम्बाद कार्यक्रम मेल्लेखमा सम्पन्न


पैरवी खबर

पैरवी सम्बादाता अछाम : दलित र महिलाहरुकाे समान अधिकार का लागि स्थानीय लाेकतन्त्र सबलिकरण परियोजना अन्तर्गत दलित तथा महिलाहरुकाे विभिन्न समिति संरचना मा अर्थपूर्ण सहभागिता का लागि सराेकारवालाहरु काे भुमिका विषयक दलित सम्बाद कार्यक्रम अाज मेल्लेख मा सम्पन्न भएकाे छ ।

सम्बाद कार्यक्रममा पालिका स्तरमा दलित सशक्तिकरण बिधेक पारित का लागि मस्यौदा तयार गरि गाउँपालिका मा पेश गर्ने बिषयमा छलफल गरिएकाे छ ।नीति,नियम,कानुन बिधि बिधान बनाउने ठाउँमा अझै दलित समुदायको अर्थपूर्ण सहभागिता के कसरी गराउन सकिन्छ भन्ने बिषयमा पनि छलफल गरिएको छ । यस्तै दलित समुदायको समस्या समधान गर्न यस अघि गरिएका कृयाकलाप र अगामि दिनमा गरिने काम काे समिक्षा पनि गरिएकाे छ ।
मेल्लेख गाउँपालिका दलित नेटवर्क उपाध्यक्ष भब्य नेपालिकाे अध्यक्ष्ातामा भएकाे दलित सम्बाद कार्यक्रम का प्रमुख अतिथि मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाहि रहनु भएको थियो ।
सम्बाद कार्यक्रममा वडा न ८ का वडा अध्यक्ष खकेन्द्र बहादुर साउद निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडका स्थानीय दलित जनप्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि र दलित अगुवा हरुकाे सहभागीता रहेकाे थियाे ।
डि सि ए काे अार्थिक सहयोग र दलित सेवा संघ अछामको अायाेजनामा भएकाे सम्बाद कार्यक्रम काे संचालन दलित संघ का फिल्ड सुपरभाइजर सुरत सुनार ले गर्नु भएकाे थियाे भने सहजिकरण परियोजना अधिकृत चित्र बिश्वकर्मा ले गर्नु भएकाे थियाे।