जिल्ला प्रहरी कार्यालय सुनसरीले झन्डै एक महिनाको अवधिमा विभिन्न मुद्दाका २३८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
यसमा पाँच दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले साउन १ गतेदेखि अदालतबाट कैद र जरिवाना फैसला भएका तर फरार रहेका अभियुक्तहरूको खोजी सुरू गरेको थियो।