सुरक्षा गार्ड पदमा कार्यरत मृत्यु भएका परिवारलाई महालक्ष्मी विकास बैंकका कर्मचारीद्धारा आर्थिक सहयोग


पैरवी खबर

सुरक्षा गार्ड पदमा कार्यरत मृत्यु भएका परिवारलाई महालक्ष्मी विकास बैंकका कर्मचारीद्धारा आर्थिक सहयोग
२३श्रावण २०७८

अछाम :महालक्ष्मी विकास बैंक लि.का कर्मचारीले आर्थिक सहयोग गरेका छन्। बैंकले साँफेबगर अछाम शाखामा सुरक्षा गार्ड पदमा कार्यरत आफ्ना कर्मचारी अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ मदने निवाशी प्रेम बहादुर बोहराको निधन भए पछि बोहराका परिवारलाई आर्थिक सहयोग गरेको हो।

महालक्ष्मी विकास बैंक लि.को पहलमा बोहराका परिवारलाई एक लाख ९७ हजार दुई सय रुपैयाँ प्रदान गरेको महालक्ष्मी विकास बैंक लि. साँफेबगरका शाखा प्रमुख पुनित शाहले बतानु भएको छ। बोहराको बैशाख ३१ गते निधन भएको थियो।

शनिबार महालक्ष्मी विकास बैंक लि. को एक टोली बोहराको निवास चौरपाटी गाउँपालिका वडा नम्बर ४ मदने पुगेर राहत वाफतको एक लाख ९७ हजार दुई सय रुपैयाँको चेक बोहराका पत्नी लक्ष्मी बोहरा र पार्वती बोहरालाई हस्तान्तरण गरिएको हो। उक्त रकम महालक्ष्मी विकास बैंकका सम्पुर्ण कर्माचारीहरुले आआफ्नो खाजा खर्च कटौति गरेर बोहराका परिवारलाई आर्थिक सहयोग गरेको हो।

महालक्ष्मी विकास बैंक लि. साँफेबगरका शाखा प्रबन्धक पुनित शाहको अध्यक्षतामा भएको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि चौरापाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँद रहनु भएको थियो। प्रमुख अतिथि साउँदले महालक्ष्मी विकास बैंक लि. आर्थिक सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो। उहाँले बैंकले गरेको आर्थिक सहयोगले बोहराका परिवारलाई सहयोग हुने बताउनु भयो।

कार्यक्रमका बिशिस्ट अतिथि महालक्ष्मी विकास बैंक सुदूरपश्चिम प्रदेशका हिल्ली रिजन प्रमुख प्रकाश खड्का रहनु भएको थियो। आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलका अध्यक्ष हर्क बहादुर लोहार, महालक्ष्मी विकास बैंक लि. मंगलसेन शाखाका प्रबन्धक केशर रावल, पिपल्ला शाखाका शाखा प्रमुख डिल्लीराज भट्ट, किसान लघुवित्तका प्रेम बहादुर थापा, बैंकका कर्मचारी लव साउँद, भावना उपाध्याय लगाएतको उपस्थिति रहेको थियो।