काठमाडौ – ‘द भ्वाइस अफ नेपाल’ तेस्रो सिजनको उपाधि किरण गजमेर ले जितेका छन् । शनिबार काठमाडौंमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेकी हुन्। उनले २५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन्।
गत शुक्रबार राति सम्पन्न सेमीफाइनलबाट ८ जनाको प्रतिष्पर्धात्मक शोबाट उत्कृष्ट चार जना फाइनलमा चरणमा प्रवेश गरेका थिए ।
सबैभन्दा कडा प्रतिस्पर्धा मानिएको टीम प्रमोदबाट किरण गजमेर , टीम दीपबाट दार्जलिङका आर्यन तामाङ ,टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई फाइनलमा प्रवेश गरेका थिय ।
यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए ।