आफ्नो जन्मदिनको अवसरमा वैद्यनाथ वेद विद्याश्रमका बटुकलाई कम्बल र शैक्षिक सामाग्री वितरण


पैरवी खबर

साँफेबगर – जन्मदिनको विशेष अवसरलाई अर्थपूर्ण बनाउँदै समाजसेवी एवंम् साँफेवगर नगरपालिका कार्यपालिका सदस्य मुकेश सुनारले शैक्षिक सामग्री तथा न्यानो कम्बल वितरण गर्नुभएको छ । कार्यपालिका सदस्य सुनारले साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथस्थित वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत वटुकहरूलाई शैक्षिक सामग्री तथा ६ वटा न्यानो कम्बल वितरण गर्नुभएको छ ।सामाजिक उत्तरदायित्व अन्र्तगत वटुकलाई शैक्षिक सामग्री तथा चिसो मौसममा राहत पुगोस् भनेर न्यानो कम्बल वितरण गरेको जानकारी दिनुभयो । आगामि दिनमा पनि समाजिक क्षेत्रमा सहयोग निरन्तरता रहने कार्यपालिका सदस्य सुनारको भनाई रहेको छ ।जन्मदिन मनाउनुको सबैभन्दा राम्रो तरिका भनेको अरूलाई खुसी दिनु भएको उहाँको भनाई रहेको छ ।
वटुकहरूको अध्ययन सहज बनाउने र जाडोयाममा कम्वल वितरणले राहत पुगेको वैद्यनाथ वेद विद्याश्रममा निमित्त प्राचार्य केशवराज जोशीले जानकारी दिनुभयो ।सहयोग कार्यक्रमले समुदायमा सामाजिक भावनाको उदाहरण स्थापित गरेको उल्लेख गर्दै अन्य युवाहरूले पनि यस्ता सकारात्मक पहलबाट प्रेरणा लिनु पर्नेमा निमित्त प्राचार्य जोशील जोड रहेको छ ।