अछाम:अछामको प्रमुख ब्यापारीक केन्द्र साँफे हाटबजारमा ६ महिना भित्र द्रोस्रो पटक आगलागी भएको छ। शनिबार बेलुका ९ बजेतिर सुमन कुवँरले सन्चालन गरेको डोकाडाला बिक्री गर्ने पसलमा विद्युतको तार सर्ट हुनगई आगोलागि भएको अछाम प्रहरीले जनाएको छ।
स्थानीय निर्माण ब्यावसायी गौतम कुवरको जेसिबि, ईन्दसरा आयल स्टोरको पानी ट्याङ्करको सहायतमा स्थानीय नागरिक नेपाल प्रहरी ससस्त्र प्रहरीको आगो राति करिब सवा १० बजे नियन्त्रणमा लिईएको थियोे ।यस अघि बैशाख १३ गते आगलागी भएको पसल देखि प्रभालि गाडको पक्की पुल तिरका विभिन्न ७ पसलहरु जलेर नष्ट भएका र दुईवटा पसलमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीबाट साँफेबगर नगरपालिका ३ का सुमन कुँवरको टिन र काठले बनेको भूईतले डोकाडालाको पसल पूर्णरूपमा जलेको,सोही ठाउकै बलबहादुर कुवँरको टिन र काठले बनेको भुईतले किराना तथा नास्ता पसल पूर्णरूपमा जलेको,सोही ठाउकै कर्ण कुँवरको टिन र काठले बनेको भुईतले एग्रोभेट पसल पूर्णरुपमा जलेको नष्ट भएको,नरेन्द्र गिरीको टिन र काठले बनेको भुईतले फेन्सी तथा सिलाइ पसल पूर्णरुपमा जलेको,साँफेबगर नगरपालिका २ बस्ने अशोक कुवँरको टिन र काठले बनेको भुईतले जुत्ता,चप्पल पसल पूर्णरूपमा जलेको छ।
यस्तै आगलागीबाट साँफेबगर नगरपालिका १ बस्ने तपेन्द्र ठकुल्लाको टिन र काठले बनेको भुईतले फेन्सी पसल पूर्णरूपमा जलेको यस्तै साँफेबगर नगरपालिका ७ का किशोर भाटको टिन र काठले बनेको भुईतले मदिरा र चियानास्ता पसल आंशिकरुपमा जलेको छ।
यस्तै आगलागीबाट चौरपाटी गाउँपालिका ५ बस्ने महेन्द्र कार्कीको टिन र काठले बनेको भुईतले किराना तथा फलफूल पसल पूर्णरूपमा जलेको र चौरपाटी गाउँपालिका ४ का गोपाल धामीको टिन र काठले बनेको भुईतले चियानास्ता पसल आंशिकरूपमा जलेको प्रहरीले जनाएको छ।


