रामारोशन क्षेत्रको कार्यकारी अधिकृतमा पूर्ण विक


पैरवी खबर

अछाम:रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति अछामको कार्यकारी अधिकृतमा पुर्ण बहादुर विक नियुक्त भएका छन् ।
प्रदेश सरकार मन्त्रिस्तरको मिति २०८१ चैत ०७ गतेको निर्णयानुसार विकलाई रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृतमा नियुक्त भएपछि रामारोशन क्षेत्रको धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक सम्पदाको संरक्षण र व्यवस्थापन लागि काम गर्ने विकले बताए ।

रामारोशन क्षेत्रलाई पर्यटनको हवको रुपमा विकास गर्नेगरी काम गर्ने, १२ बण्ड १८ खण्डका रुपमा रहेको रामारोशन क्षेत्रको विकासको लागि र रामारोशन क्षेत्रमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्यका साथ काम गर्ने पनि विकले बताए ।