शैक्षिक मापदण्ड बनाएर अघि बढ्नेः कुँवर


पैरवी खबर

साँफेबगर ३१ बैशाख
अछाम जिल्लाको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले शैक्षिक मापदण्ड बनाएर अघि बढ्ने बताउनु भएको छ। लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना चरण दोस्रोको दुई दिने रुपान्तरण समिक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले शैक्षिक क्षेत्रको रुपान्तरण का लागि सबैले परिवर्तन हुन जरुरी रहेको बताउनु भयो। उहाँले शैक्षिक गुणस्तर बनाउन स्थानीय सरकारको दायित्व भएकाले स्थानीय सरकार लागि पर्ने बताउनु भयो। यस्तै समापन कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवर शिलोजले नगरपालिकामा रहेका सबै विद्यालयहरुको अनुगमन गरेको र आवश्यक संरचना निर्माणका लागि सहयोग गरिने बताउनु भएको छ। उहाँले शैक्षिक क्षेत्रको विकासका लागि सबैले हातेमालो गरेर जानु पर्ने बताउनु भयो। लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना चरण दोस्रोको गोष्ठीमा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि बाल विकास केन्द्रका सहजकर्ताको सहभागिता रहेको थियो। गोष्ठिको सहजीकरण पीसविनका जिल्ला संयोजक गोकुल खड्काले गर्नु भएको थियो। साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको गोष्ठी समापन कार्यक्रममा नगर उपप्रमुख शिव बहादुर कुँवर शिलोज, साँफेबगर नगरपालिका शिक्षा शाखा प्रमुख हिरादत्त भट्ट यूएनएफपीए अछामका प्रमुख अस्था रिजाल लगाएतको उपस्थिति रहेको थियो। गोष्ठि समापन कार्यक्रमको संचालन पीसविन अछामका सामुदायिक स्वयम सेवक सीता कुँवरले गर्नु भएको थियो।