झप्पर कुँवर स्मृति प्रतिक्षालयको सार्वजनिक सुनुवाइ


पैरवी खबर

साँफेबगर बैशाख २७ गते ।
साँफेबगर नगरपालिका वडा नं.४ एयरपोर्ट बजारमा निर्मित स्व.कमरेड झप्पर कुँवर स्मृति प्रतिक्षालयको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

आ.व.२०७९/०८० सुदूरपश्चिम प्रदेश सरकारको विनियोजन रकम रु. १० लाख आर्थिक सहयोगद्वारा निर्मित प्रतिक्षालयको सार्वजनिक सुनुवाइ आज सम्पन्न गरिएको हो ।

उपभोक्ता समिति अध्यक्ष भरत बहादुर कुँवरको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा झप्पर कुँवर स्मृति प्रतिक्षालय प्राविधिक , जनप्रतिनिधिको राय सल्लाह अनुसार पूर्णरुपमा निर्माण कार्य सम्पन्न भएको भन्ने निष्कर्सका साथ अनुगमन गरिनुका साथै प्राविधिक स्टमेट नापजाँच अनुसार प्रभाकारी रूपमा निर्माण कार्य सम्पन्न भएको निर्णय गरिएको छ ।

प्रतिक्षालयको रकम भुक्तानीका लागि सम्बन्धि कार्यालयमा वडा कार्यालयलाई सिफारिसका लागि अनुरोध गर्ने र निर्माण कार्य सम्पन्न भइसकेकाले उक्त योजनाका लागि शहरी विकास कार्यालय राजपुर डोटी लाई भुक्तानीका लागि अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा साँफेबगर नगरपालिका वडा ४ नं. वडाध्यक्ष नवराज बुढा , वडा सदस्य केवल सिंह आउजी , नेकपा एमाले जिल्ला कमिटी सदस्य बालगिरी कुँवर , नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर , समाजसेवी मानबहादुर कुँवर लगायतको उपस्थिति रहेको थियो ।