डोटीको चैकोटमा मोबाइलमा नेटवर्क खोज्न आधा घण्टा हिड्नुपर्ने बाध्यता


पैरवी खबर

तिर्थ नेपाली / डोटी – हात हातमा मोबाइल भएपछि एक अर्काबीच सहजै संचार सम्पर्क गर्न सहज हुनुपर्ने हो तर, डोटीको चैकोटमा भने हातमा मोबाइल भएर पनि आधा घण्टा नेटवर्क खोज्न हिड्नुपर्ने बाध्यता रहेको छ ।

पुर्विचौकी गाउँपालिका – ५ मा रहेको चैकोट बासी आफन्तलाई सम्पर्क गर्नुपरे आधा घण्टा पैदल हिँडेर अग्लो डाँडामा जाने गरेका छन ।
आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका घण्टा हिँडेर डाँडा जाने गरेको स्थानीय खड्ग कठायतले बताए । उनले भने ‘फोन गर्न हिँडेर डाँडा चढ्नैपर्ने बाध्यता रहेको छ । यताको हालखबर सुनाउन आधा घण्टा समय खर्चिनु परेको छ ।’
चैकोटका माझगाउँ, खौला मड्यानी, आमभाडी, छेउघर हाँट कारिगाउँका स्थानीयबासीहरुले फोन गर्नकै लागि घरबाट आधा घण्टा पैदल हिँडेर कोटको डाँडामा पुग्ने गरेको उनले बताए ।
उनले घाम लागेको बेला नमस्तेको फोन लाग्ने र अन्य बेलामा त्यसमा पनि समस्या आउने गरेको बताए । उनले भने, ‘ऐनसेल र नमस्तेको मोबाइलको नेटकर्वमा नै समस्या देखिएको छ ।’