१० बैशाख २०८०
अछाम : नेकपा माओवादी केन्द्र अछाम निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) को प्रथम जिल्ला भेला सम्पन्न भएको छ । आइतबार मंगलसेनमा सम्पन्न भेला पश्चात् बन्दसत्रबाट इश्वरी थापाको संयोजकत्वमा ७७ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । जस्मा सचिव सोधरा शाही चयन हुनुभएको छ ।
अनेमसंघ क्रान्तिकारी अछामका अध्यक्ष मोतिकला चलाउनेको अध्यक्षतामा भएको प्रथम जिल्ला भेलामा अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समिति उपाध्यक्ष देवकी मल्ल प्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै:विभिन्न निकायमा महिला कोटाको ब्यवस्था गर्नकालागि अनेमसंघको महत्त्वपूर्ण भुमिका रहेको बताउदै राज्यका कुनैपनि निकायमा महिला सहभागिता नगराएसम्म विकास र परिवर्तन सम्भव नभएको र समाज बदल्नका निम्ति पनि महिलाहरु राजनीतिमा चर्को संघर्सका साथ आउनुपर्ने बताउनुभएको छ ।
केन्द्रीय सचिवालय सदस्य सरस्वती रावल , प्रेमा ओली ,ईश्वरी थापा , प्रदेश कमिटी सचिवालय सदस्य पहल साउँद विशिस्ट अतिथि रहनुभएको थियो ।
भेलामा प्रदेश कमिटी सदस्य निर्मला साउँद , नृप थापा
, राम प्रसाद जैशी, टंका विक नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय सदस्य अमर विक, रामाराेशन गाउँपालिका उपाध्यक्ष सिर्जना बुढा, रामाराेशन पर्यटन विकास समिति कार्यकारी निर्देशक गंगा बुढा लगाएत जिल्ला स्थित पार्टीका विभिन्न भातृ संगठनहरुका प्रतिनिधिज्युहरुको उपस्थिति रहेको थियो ।
भेलामा अछाम जिल्लाका दश ओटै स्थानीय तहमा निर्वाचित १८ जना महिला जनप्रतिनिधिहरुलाई र जनयुद्धकाल देखि हाल सम्म अखिल नेपाल महिला संघ क्रान्तिकारीमा महत्त्वपूर्ण योगदान गर्नुहुने रिता रावल र धना बुढालाई सम्मान गरिएको छ।
मिना अधिकारी कुँवरले स्वागत मन्तव्य राख्नुभएको भेलाको संचालन सोधरा शाहीले गर्नुभएको थियो ।