बाजुरा: – बाजुराको बडीमालिकाकाे जुगाडामा केन्द्र विन्दु बनाएर सोमबार दिउसो ४ बजेर १ मिनेटमा भुकम्प गएको छ ।
सोमबार दिउसो उक्त बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रविन्दु बनाएर ३ दशमलव ६ म्याग्नेच्युडको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
माघ १० गते आएको ५ दशशमलव ९ म्याग्नेच्युडको भुकम्पपछि पटक पटक भुकम्पको आउने गरेको छ । भुकम्पबाट प्रभावित भएका जिल्लाका भुकम्प पिडीतहरुको व्यवस्थापन नहुँदा उनीहरु झन त्रसित बन्दै गएका छन् ।