सेती लोकमार्गलाई बजेटमा राख्न सरकारलाई रामारोशन गाँउपालिकाको सुझाव


पैरवी खबर

अछाम : जिल्लाको रामारोशन गाउँपालिकाले नेपाल सरकार अर्थ मन्त्रालयलाई बजेट तथा कार्यक्रमका लागि सुझाब पेश गरेको छ ।

संघीय सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको लागी सुझाव माग गरिएको सन्दर्भमा सुझाब पेश गरिएको पालिकाले जनाएको छ ।

सुदूर पश्चिम प्रदेश अन्तरगतका पहाडी जिल्लाका स्थानीय तहहरूले संघीय बजेट सार्वजनिक भइसकेपछि गर्ने महसुस तथा आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा ध्यानाकर्षण गराउने उद्देश्यले सुझाब पेश गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताए ।

प्रदेश तथा संघीय सरकार नयाँ आर्थिक वर्षका लागी बजेट निर्माण गर्ने क्रममा रहेकाले रामारोशन सहित सबै विकट स्थानीय तहको समग्र विकासका लागी प्रदेश र संघ सरकारले स्थानीय तहलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गरिदिन सुझावहरू पेश गरिएको उनले बताए ।

साथै उहाँले रामारोशन गाउँपालिका एक फरक पहिचान भएको स्थानीय तह भएको भन्दै उहाँले रामारोशनको तिव्र विकासका लागी गाउँपालिकाले पहलकदमी गरिरहेको उहाँले बताउनुभयो ।