डोटीः डोटीमा एक घरमा आगलागी भएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–७ पाल्तडामा लाल भुलको घरमा आगलागी हुँदा २ लाख बढीको क्षति भएको छ।
खाना पकाउने क्रममा हुरी बतास चलेपछि आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ। गोठमा क्षति हुँदा घरगोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ।
साथै गोठमा रहेको एक गाई आगोमा जलेर मरेको छ भने घरभित्र रहेका खाद्यान्न र कपडा पूर्ण रुपमा नष्ट भएको स्थानीयले बताएका छन्। एक हल गोरुलाई आगोले घाइते बनाएको छ। घटनापछि चनुकाडा प्रहरी र वडाध्यक्ष लगायत घटनास्थल पुगेका थिए।