साँफेबगर : सुदूरपश्चिमको पहाडी जिल्ला साँफेबगर अछाममा एउटा फरक किसिमको बिजनेस सुरु गरिएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेबगर नगरपालिका -०४ एयरपोर्ट बजारको छिपेखोला लाइनमा सुविधा सम्पन्न र ठुलो लगानीमा इन्डियन ब्राण्ड (भेडिलाल आइसक्रीम ) जाल्कादेवी स्टोर संचालनमा ल्याईएको हो।
जाल्कादेवी स्टोरमा रु .१५ रुपैयाँ देखि ८०० सम्मको आइसक्रीमका विभिन्न परिकारहरु उपलब्ध रहेको संचालक विजय केसीले बताउनु भयो ।
आन्तरिक तथा वाह्य पर्यटक र स्थानीयहरुलाई सेवा सुविधा दिनकैलागि २० लाखको लगानीमा स्टोर संचालनमा ल्याइएको हो ।
पछिल्लो समयमा बेरोजगारका कारण बाहिर पलाएन हुने समस्यालाई कम गर्न र युवाहरूलाई आफ्नै देशमा केहि गरौ भन्ने जोसजागर पलाओस भन्ने उद्देश्यले पनि आफूले यो व्यवसाय संचालनमा ल्याएको उहाँकोे भनाई रहको छ।