११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वाक नेपालमा कार्यरत सम्पुर्ण महिला कर्मचारीहरुलाई सम्मान गरिएको छ ।
संस्थाद्वारा संचालित विभिन्न परियोजना मार्फत महिला वालवालिका असहाय र महिला अधिकारका विविध विधाहरुमा पुर्याएको योगदानको कदर गर्दै वाक नेपाल केन्द्रीय कार्यालय साँफेबगर अछामले ३२ जना महिला कर्मचारीहरुलाई सम्मान गरेको हो l
घरायसी कामको जिम्मेवारी संगसंगै सामाजिक रुपान्तरणको क्षेत्रमा समेत ठुलो योगदान पुर्याएको हुनाले संस्थाले सम्मान गरेको वाक नेपालका कार्यक्रम व्यवस्थापक चेतराज जोशीले बताए ।
वर्ल्डभिजन इन्टरनेशनल नेपाल र वाक नेपालको साझेदारीमा संचालित एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना कार्यरत कर्मचारी, WEST, HIV एड्स, युरेका, पावर र भकारी, परियोजनामा कार्यरत सम्पूर्ण महिला कर्मचारीलाई सम्मान गरिएको हो l
परियोजनालाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उच्च मुल्याकन गर्दै कदर स्वरूप सम्मान गरिएको कार्यक्रम संयोजक गोपिसिंह नेपालीले बताउनु भयो ।
सम्मान कार्यक्रममा बोल्दै कार्यक्रम व्यवस्थापक जोशीले भन्नुभयो : हामीले घर परिवार र सबै ठाउँमा रहेका महिलाहरुलाई समान रुपमा हेर्नुका साथै सामान र कदर गर्नु पर्ने जोशीले बताए ।
सम्मानित हुने महिला कर्मचारीहरुलाई व्यवस्थापक जोशीले प्रंससा पत्र सहित खादा ओडाएर सम्मान गर्नु भयको थियो l
कार्यक्रममा वाक नेपाल एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजनाका परियोजना संयोजक गोपिसिंह नेपालीले अन्तर्राष्ट्रिय महिला दिवसको एतिहासिक पृष्ठभूमिका बारेमा जानकारी गराउनु भयको थियो ।
कार्यक्रममा वाक नेपालका अन्य कर्मचारीको समेत सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै व्यवस्थापक जोशीले यो परम्परालाई आगामी दिनहरुमा समेत संस्थागत गर्दै लैजाने प्रतिवद्दता समेत व्यक्त गर्नु भएको छ l