महोत्सवको चौथो दिन पनि दर्शकहरुको उत्साहजनक सहभागिता


पैरवी खबर

साँफेबगरमा माघ २७ गतेबाटसुरु भएको ५ औँ साँफेबगर महोत्सवको चौथो दिन साेमबार स्थानीय तथा राष्ट्रिय कलाकारहरुले माहोल तताएका छन् ।

साेमबार राष्ट्रिय कलाकार एलिना चौहान , रुबिना अधिकारी, झरना बोहरा, महेन्द्र बि.सि, धर्मेन्द्र सुनार र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती राखेका थिए ।
‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्वसमा स्थानीयको उत्साहजनक सहभागिता रहेको छ ।

आज (साेमबार) चौथो दिन ११ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । चौथाैं दिन ८ हजार १ सय भन्दा बढी टिकट विक्री भएको महोत्सव मुल आयोजक समितिका प्रवक्ता लालबहादुर कुँवर (नेत्र) ले जानकारी दिनुभयो ।

महोत्सवको पाँचौ दिन भोली (मंगलबार) चर्चित गायिका सम्झना लामिछाने , चिज गुरुङ , सोभा त्रिपाठी ,मोडल रोजी कुँवर लगाएत प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा २५ भन्दा वढी स्टल राखिएका छन् । माघ २७ गते देखि शुरु भएको महोत्सव फागुन ५ गतेसम्म सञ्चालन हुनेछ । यसै गरि भाेलि (मंगलबार) भलिवल खेलमा ४ खेल खेलाईने छ । पहिलाे खेल बान्नीगढी गाउँपालिका भर्सेश ईन्र्दसरा आयोल स्टाेर भने दाेस्राे खेल एन्जिला पुस्तक पसल भर्सेश बुढीगंगा नगरपालिका बाजुरा बिच हुनेछ ।

तेस्रो खेलमा पहिलाे सेमिफाइनल साँफेबगर नगरपालिका भर्शेस मेल्लेख गाउँपालिका बिच हुनेछ भने दाेस्राे सेमिफाइनल खेल पहिलाे र दाेस्राे खेलका बिजेता बिच हुने खेल संयाेजक चेतमान बिक्रम शाहले जानकारी दिनु भयाे।