धनगढीः मानसिक अवस्था स्थीर नभएकी एक बालिकालाई एक वर्षदेखि प्रलोभनमा पारेर जबरर्जस्ती करणी गरेको अभियोग अनाथालयकै कार्यालय प्रमुख ५१ वर्षीय शङ्करबहादुर चन्दमाथि अहिले लागेको छ। दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित बाल अनाथालयमा बेसहारा १४ वर्षीया ती बालिकाले आश्रय पाएकी थिइन।
अनाथालयमा दुई नाबालिकाले आफूहरुमाथि बलात्कार गरेको प्रहरी समक्ष बयान समेत दिएको प्रहरी स्रोतले बताएको छ। एक साताअघि समाज कल्याण बाल अनाथालयका एक नाबालिकामाथि पनि अनाथालयमै जबरजस्ती करणी गरेको आरोप लागेका कार्यालय प्रमुख चन्द यतिबेला कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।
‘उनले बालिकालाई टिभी हेराउने बहनामा कार्यकक्षमै लगेर बलात्कार गर्ने गरेको अन्य बालिकाले देखेको कुरो पनि छ।’ अनाथालयकै एक कर्मचारीले भने ‘बालिका गर्भवती भएपछि चन्दले नै गर्भ तुहाउने औषधि सेवन गराएपछि अत्यधिक रक्तश्राप हुँदा घटना बाहिरिएको हो।’ यता प्रहरीले उक्त घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।