साँफेबगर ।
१७ माघ – २०७९
शिखर इन्स्योरेन्स कम्पनी अछाम शाखाले बाख्राको दाबी भुक्तानी हस्तान्तरण गरेको छ ।
जिल्लाको साँफेबगर नगरपालिका वडा न. ८ जमालगाउँमा संचालित काका भतिज बाख्रा फर्मका संचालक लक्ष्मण कुँवरलाई चेक हस्तान्तरण गरेको हो ।
८ न. वडा चन्डिकाका वडा अध्यक्ष कालू सिंह कुँवरद्वारा रु. २८ हजार ५ सय दुई बाख्राको दाबी भुक्तानीको चेक हस्तान्तरण गरिएको शिखर इन्स्योरेन्स शाखा कार्यालय साँफेबगरका प्रबन्धक हस्त कार्कीले पैरवी खबरलाई जानकारी दिनुभयो ।