माघ १८ अछाम
छैठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड ‘निम अवार्ड’ २०२३ को मनोनयन सार्वजनिक भएको छ । पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा उक्त अवार्ड वितरण सम्पन्न हुन गइरहेको छ । एलपी शर्माको(साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद शर्माको) ‘लिलु’ गित छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०२३ मा पर्न सफल भएको छ । आयोजकले सार्वजनिक गरेको बिभिन्न विद्या मध्ये उत्कृष्ट देउडा भाका सहितको भिडियोमा शर्माको लिलु मनोनयनमा पर्न सफल भएको हो ।
अवार्डको दुई बिधामा लिलु पर्न सफल भएको हो । भाका र भिडियोमा एलपी शर्मा र भद्रजंग कुवँर पर्न सफल भएका हुन् । छाउँ गोठमा बस्दाको पिडालाई वोकेको लिलुले वोकेको छ । छोटो समयमा १२ लाख भन्दा वढी दर्शकले रुचाएको गितमा मर्मस्पर्शि सन्देश रहेको छ । लिलुका रचनाकार एलपी शर्माले यो सफलताका पछाडी आम दर्शक श्रोता र सहयोगी मनहरुको रहेको बताउनुभयो । उहाँले सबैलाई भोट गर्न समेत आग्रह गर्नुभएको छ ।
विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिष्प्रर्धामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने निम अवार्डका अध्यक्ष तथा पिम नेपालका अध्यक्ष माधव राज खरेलले बताउनुभयो । कार्यक्रमको समापन एक भव्य समारोहको विच फाल्गुनको दोश्रो साता हुने भएको छ । उक्त कार्यक्रममा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने आयोजकले बताएको छ ।