जिल्लाको साँफेबगर नगरपालिका वडा न.१० घुघुरकोट निवासी मृगौला पीडित दिलिप नगार्जीको जीवन बचाउ भन्ने अभियान अन्तरगत साँफेबगर नगरपालिका ४ मस्टामाण्डौ घरभइ हाल काठमाडौ बस्दै आउनुभएका टिकटक भाइरल आयुस सिंह ठकुरीद्वारा संकलित रकम रु. ४० हजार हस्तान्तरण गरिएको छ ।
मृगौला पीडित नगार्जीका दाइ नवराज नगार्जीलाई उक्त रकम हस्तान्तरण गरिएको साँफेबगर नगर कार्यपालिका सदस्य अनिल रैगाइले जानकारी दिनुभएको छ ।
जन्मजात देखि नै एउटा मात्र मृगौला भएको र त्यही एउटा मृगौला पनि फेल भएर अर्को मृगौला फेर्नुपर्ने भएकोले आर्थिक अभावका कारण ज्यान नै उच्च जोखिममा रहेको हुदा उहाँको उपचारमा सहयोगार्थ यो अभियान थालेको हो।
पुनः सहयोगकोलागि देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा उहाको परिवारले अपील गरेको छ ।