साफेबगर ।
जिल्लाको साफेबगर नगरपालिका वडा न.१० घुघुरकोट निवासी मृगौला पीडित दिलिप नगार्जीको जीवन बचाउ भन्ने अभियान अन्तर्गत आज उहाकी आमा सीता नगार्जीलाई विद्यार्थी अभियान अछाम द्वारा संकलित रकम साफेबगर नगरपालिका नगर कार्यपालिका सदस्य अनिल रैगाइले आर्थिक सहयोग रकम रु .३४ हजार हस्तान्तरण गर्नुभएको छ ।
जन्मजात देखि नै एउटा मात्र मृगौला भएको र त्यही एउटा मृगौला पनि फेल भएर अर्को मृगौला फेर्नुपर्ने भएकोले आर्थिक अभावका कारण ज्यान नै उच्च जोखिममा रहेको हुदा उहाँको उपचारमा सहयोगार्थ विद्यार्थी अभियान अछामले यो अभियान थालेको हो।
विद्यार्थी अभियान अछामले पछिल्लो समय आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई सक्दो सहयोग गरिरहेको छ ।
पुनः सहयोगकोलागि देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा विद्यार्थी अभियान अछामले अपील गरेको छ ।
सहयोग गर्न चाहने सहयोगी हातहरुकालागि सम्पर्क :
मनोज रावल- 9864100176
भरत राना -9749960173
नवराज बि क -9864053398
अनिल रैगाई-9865842489
उमेश रसाईली -9864774646
कृषि विकास बैंक खाता नम्बर : 0822603032227013